चन्द्रागिरिमा धार्मिक तथा शैक्षिक महोत्सव सुरु



2021-11-29    Roshan Khanal

चन्द्रागिरिको चण्डिका देवी माध्यामिक विद्यालयमा धार्मिक तथा शैक्षिक महोत्सव–२०७८ सुरु गरिएको छ । चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङमा रहेको उक्त माविको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा कक्षा ११ र १२ सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धार्मिक तथा शैक्षिक महोत्सव २०७८ सुरु गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले यस माविमा उच्च माध्यामिक तहको प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि आजदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक गोविन्द बुढाथोकीले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि धार्मिक महायज्ञ महत्वपूर्ण हुने बताउनुभयो । महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्नुहुने आयोजकले जनाएको छ ।