दोस्रो संस्करणको भरतपुर मेयर कप हुने



2021-04-12    Samachar Sadhai

चितवन, चैत ३० । भरतपुर मेयर कप क्रिकेट बैशाख २ गतेदेखि सुरु हुने भएको छ । भरतपुर क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको भरतपुर मेयर कप हुन लागेको हो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा हुने प्रतियोगितामा विद्यालय तथा वडा स्तरका १८ टोली सहभागी हुने आज (सोमबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । सहभागी टिमहरुमा १६ वर्ष मुनीका राष्ट्रिय खेलाडी समेत रहने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताका खेलहरु भरतपुर १६ रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशलाको नमुना मैदानमा हुनेछ । सहभागी टोलीहरुले राउण्ड एण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । विद्यालय स्तरदेखि नै क्रिकेटको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । चितवनलाई क्रिकेटको हबको रुपमा बिकास गर्नका लागि तल्लो स्तरदेखि नै खेलाडीहरु एक्सपोजर दिनुपर्ने उनको भनाइ थियो । यस्ता प्रतियोगितामार्फत अवसरको अभावमा पछि परेका खेलाडीहरुले आफुलाई निखार्ने अवसर पाउने उहाँको भनाई छ । मेयर कपलाई वार्षिक तालिकामा नै राखेर अघि बढाउदै लैजाने योजना रहेको प्रतियोगिता निर्देशक एवं पूर्व राष्ट्रिय कप्तान राजु खड्काले बताउनुभयो । मेयरकपलाई क्लब, जिल्ला हुँदै राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा आयोजना गर्ने योजना रहेको उहाँको भनाई थियो । यसैबीच सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर र भरतपुर मेयर कपको आयोजना भरतपुर क्रिकेट क्लबबीच सम्झौता भएको छ । प्रतियोगितामा सेन्ट्रल कलेज प्रायोजकको रुपमा रहनेछ । सम्झौता पत्रमा सेन्ट्रल कलेजका तर्फबाट प्रवन्ध निर्देशक यज्ञ बिलास पौडेल (वाइबी) र क्लबका तर्फबाट अध्यक्ष अधिकारीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता पत