2021-11-29 Roshan Khanal
यसअघि नेपाल टेलिकमका केही प्रयोगकर्ताले एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या भोगिरहेका थिए । यसको अर्थ यदि तपाईंले एउटा कल गरेर फोन राख्ने बित्तिकै अर्को नम्बरमा कल गर्न खोज्दा ‘कल इन्डेड’ अर्थात कल अवरुद्ध हुने गरेको थियो । जसले गर्दा दोस्रो कल गर्न थोरैमा पनि एक मिनेट पर्खिनुपर्ने बाध्यता रहेको थियो । उक्त समस्या फोरजी अपग्रेड सँगै समाधान भएको कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । उनका अनुसार यसअघि यो समस्या टेलिकमको आन्तरिक सिस्टममा पनि देखिएको थियो । ‘त्यससँगै हामीले भेन्डरलाई जानकारी गराएका थियौँ,’ उनले टेकपानासँग भने, ‘त्यसैका आधारमा मंगलबार भएको फोरजी अपग्रेडसँगै उक्त समस्या समाधान भएको छ ।’