2022-03-06 Samachar Sadhai
भरतपुर महानगरपालिकाले अर्को ठुलो परियोजनाको ठेक्का आब्हान गरेको छ। महानगरको प्रशासनिक भवनको बिगत देखिनै अति आबश्यक रहेको थियो। पुरानो भवन हिजो नगर पंचायत हुदाको ३५-३७ बर्ष पुरानो भवन बाट महानगरपालिका भईसक्दा पनि अहिलेको आबश्यक्ता अनुरूपको सेवा प्रबाहमा प्रभाबकारिता ल्याउन कठिन रहेको अबस्थामा संघिय अर्थ मंत्रालय, बागमती प्रदेस र महानगरको संयुक्त लगानी सहित श्रोत सुनिश्चित्ता गरे पश्चात आज महानगरले रू.९४ करोड ३२ लाख ३० हजार लागतको भवनको ठेक्का आब्हान गरेको छ। चितवन । भरतपुर महानगरले अत्याधुनिक सुबिधा सहितको प्रशासनिक भवनको निर्माणका लागि बोलपत्र आवहन गरेको छ । महानगरको काम कारवाहीलाई प्रभाबकारी बनाउदै नगरबासीको सेवा प्रवाहमा सहजता ल्याउन महानगरकै परिसरमा नयाँ भवन निर्माणका लागि टेन्डर आवहन गरिएको नगर प्रमुख रेनु दाहालको भनाई छ । सम्झौता भएको मितिले ३० महिना भित्र सक्ने गरी ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा बोलपत्र आवहन गरेको महानगरका आर्थीक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले बताए । ५० गाडी र २५० वटा मोटरसाईकल अट्न सक्ने अन्डर ग्राउण्ड पार्कीङं सहित वेसमेन्ट बाहेक ६ तले अत्याधुनिक भवन निर्माण गर्न लागिएको महानगरका ईन्जिनियर सन्तोस आचार्यले बताए । ६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर हुने छ । भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय, अपागंमैत्री पुर्वाधार रहने छन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक बिश्राम कक्ष समेत रहने गरी अत्याधुनिक सुबिधा सहितको सेवाग्राही मैत्री भवन निर्माण थालिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्दु सुबेदीले बताए । भवनमा १५८ वटा सानाठुला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् । भवनका हरेक तलामा अपागं मैत्री शौचालय सहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलगै शौचालय रहने छ ।एकै ठाउँबाट सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न सहजता होस भनेर अत्याधुनिक प्रशासनिक भवन निर्माण थालिएको मेयर दाहालले बताईन् ।भवनको बाहिरी बातावरण पनि निकै आक्रषक बनाईने छ । जहा पानीका फोहोरा तथा अनेक प्रकारका फुलहरुले सेवाग्राहीलाई स्वागत गरिरहेका हुने छन् । यो प्रोजेक्ट ले गर्दा भरतपुरबासीहरुलाई धेरै सजिलो हुने र काम्को गुनस्थर पनि बढ्ने अनुमान गरिएको छ ।