चितवनका युवा उद्यमी कृष्ण सापकोटा सम्मानित



2022-03-12    Samachar Sadhai

चितवन : चितवनका युवा उद्यमी कृष्ण सापकोटा नगद एकलाख रुपैयाको पुरस्कारसहित उत्कृष्ट युवा उद्यमी पुरस्कारबाट सम्मानित भएका छन् । उद्योग वाणिज्य संघ चितवनले मालिका हस्पिटालिटी एण्ड फुड्स प्रा.लिका कार्यकारी निर्देशक सापकोटालाई उद्योग वाणिज्य संघ चितवन हिरालाल सन्तुदेवी उत्कृष्ट युवा उद्यमी पुरस्कार पुरस्कार प्रदान गरेको हो । युवा उद्यमी सापकोटालाई उद्योग वाणिज्य संघ चितवन अध्यक्ष राजु श्रेष्ठ र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण सगैँ सम्मानित गरेका थिए । सापकोटा युवा उद्यमी मञ्चका केन्द्रिय सदस्य पनि हुन् । सामाजिक सेवा र व्यवसायमा नविनतम प्रयोग उनको भिन्न विशेषता हुन् । युवाहरु ब्यवसायमा अगाडि आउनु र यसरी अब्बल साबित हुनु भनेको नयाॅ कोर्सको सुरुवात भएको रुपमा लिइएको छ ।