2021-11-05 Samachar Sadhai
तनहुँ, १९ कात्तिक (रासस) :
बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित
छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लाग्नुभएको छ
। बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त
व्यवसायतर्फ आकर्षित बन्नुभएको हो । विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि
पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उहाँले
बताउनुभयो । तीन वटा माउले एक पटकमा १५÷१६ का दरले पाठापाठी दिँदा वर्षमा झण्डै रु
छ लाख बराबर आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।
आफूलाई फुर्सद नभएको समयमा पति विजयले
रेखदेख र दाना चोकर दिने कार्यमा सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । बङ्गुर छ÷छ
महिनामा वर्षमा दुई पटक ब्याउँछ । हाल खोरमा छवटा माउ छन् भने २४ वटा पाठापाठी बिक्रीको
लागि तयारी अवस्थामा पुगेका छन् । उहाँले भन्नुभयो, “पैँतालिस दिन पुगेपछि प्रतिपाठापाठी
रु छ हजार ५०० का दरले बिक्री गर्ने गरिएको छ ।” बिक्रीका लागि बजारको कुनै समस्या
नभएको र मागअनुरुपको पु¥याउनसमेत नसकिएको उहाँले बताउनुभयो ।
अन्य व्यवसायको तुलनामा बङ्गुरपालन सजिलो,
धेरै लगानी गर्न नपर्ने, पाल्न सजिलो हुने भएकाले आफू यसतर्फ उत्साहित भएर लागेको उहाँले
बताउनुभयो । बन्दीपुर गाउँपालिकाबाट बङ्गुरको खोर सुधारका लागि रु १५ हजार अनुदान पाएको
विक बताउनुहुन्छ । सुरुसुरुमा होटलबाट खानेकुरा सङ्कलन गरेर पाल्ने गरे पनि पछिल्लो
समय ढुटो, पिना, कर्कलो र चोकर मिलाएर पकाई खुवाउने गरेको विक दम्पतीले बतयो । बङ्गुरका
लागि कर्कलो उपयुक्त हुने भएकाले व्यावसायिकरूपमै करकलो खेतीसमेत गरिएको उहाँहरूले
बताउनुभयो ।
–––