2021-11-08 Samachar Sadhai
काठमाडौँ, २२ कात्तिक (रासस)ः
तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको
सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार
५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो
।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक
गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहने छ जसको मूल्य
बिहीबार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ले
उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २२५मा कारोबार
भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका
मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको
छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको
छ । –––