वाइसीएल र अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान कार्यक्रम सम्पन्न ।



2021-05-29    Samachar Sadhai

चितवन । वाइसीएल र अखिल (क्रान्तिकारी) चितवनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५३ पुरुष र ८ महिला गरेर ६१ जनाले रक्तदान गरेको , वाई.सि.एल ११ का सचिव प्रविन पौडेलले जानकारी दिएका छन् । चितवनको भरतपुर महानरपालिकाको वडा नम्बर ११ सबै भन्दा बढी जनघनत्व रहेको वडा भएको र सो वडा मा आयोजित रक्तदान कार्यक्रमले अहिले देखिएको रगत अभावमा केहिमात्रामा भएपनि राहत पुग्ने कुरा वाई.सि.एल ११ का ईन्चार्ज राजदीप ओझाले भनेका छन्। वाइसीएल नेपाल चितवन जिल्ला कमिटी अध्यक्ष मोदनाथ न्यौपाने (मधु) र अखिल (क्रान्तिकारी) अध्यक्ष अभिनास रम्तेलले रक्तदान कार्यक्रम संयुक्त रुपमा आयोजना गरेका हुन् । युवा विद्यार्थीले संचालन गरेको रक्तदान अभियानले कोभिड महामारीको बेला उपचार गर्दा रगत अभाव भइ अप्ठ्यारोमा परेका नागरिकहरुलाई राहत पुग्ने कार्यक्रमका प्रमुख अतिथि यमबहादुर परियार (इन्द्रजीत) ले बताए । कार्यक्रममा युवा , महिला , र जेष्ठ नागरिक सबैको सहभागिताले एकताको एउटा भाव पैदा गरेको र उक्त भावले कोभिड विरुद्ध लड्ने मनोबल बढाउने, समाजसेवि एवम पुराना कम्युनिष्ट नेता धनञ्जय शर्मा ढकालको विश्वास रहेको छ । रक्तदान अभियान अन्तर्गत जेठ १७ गते कालिका नगरपालिका वडा नम्बर ४ सहिद स्मृति क्याम्पस पदमपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।