2021-10-07 Samachar Sadhai
मोफसलमा खाना तथा खाजा डेलीभरीको लागि परिचित मेरो किनमेलले आफ्नो पहिलो शाखा बुटवलमा स्थापना गरेको छ । आज घटस्थापना को शुभ साईत पारेर बुटवल बाट सेवा दिन सुरुवत गरेको कार्यकारी निर्देशक सन्तोष कंडेलले बताउनु भयो । चितवनमा बिगत ४ बर्ष देखि चितवनबासीलाई आफ्नो कम्पनीले सेवा दिदै आएको र बुटवलमा पनि सेवाको माग धेरै भएको कारण बुटवलबाट सेवा दिन सुचारु गरिएको संचालक सुशील सापकोटाले बताउनु भयो । चितवनका १०० भन्दा धेरै रेस्टूरेन्टबाट खाना खाजा ग्राहकको घर आफिस सम्मै पुर्याउदै आएको मेरो किनमेलले बुटवलमा पहिलो चरणमा २५ वटा रेस्टूरेन्टको खाना खाजा डेलीभरी गर्ने छ । ग्राहकहरुले मेरो किनमेलको फोन तथा एप्लिकेसन प्रयोग गरी आफूले चाहेको रेस्टूरेन्टबाट खाजा तथा खाना घरमै मगाऊन सक्नेछन् ।