नवीन अधिकारि द्वारा माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत



2022-04-23    Samachar Sadhai

आसन्न निर्बाचनको माहोल रन्किदै गरेको समयमा युवाहरू पनि चुनाबी मैदानमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने माहोल चर्किएको छ । यस्तै माडी नगरपालिका वार्ड नम्बर ७ मा YCL NEPAL जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल प्रगतिशील स्वास्थकर्मी करार कर्मचारी सङ्गठनका भरतपुर महानगर अध्यक्ष समेत रहनु भएका नवीन अधिकारि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत गर्नु भएको छ । माडी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको लाल किल्ला रहेको ठाउँ र सामजिक परिवर्तनका निम्ती एउटा युवा सगै भिजन सहित आफ्नो उम्मेदवार पेस गरेको अध्यक्षका दाबेदार नवीन अधिकारीले जानकारी दिनु भएको हो । सोही वार्डमा नेपाल कम्युनिस्ट पार्टिका नगर सचिब पुर्ब PLA समेत रहनु भएका नेत्र काफ्लेको भने बलियो सम्भावना रहेको छ ।