2021-11-04 Samachar Sadhai
विराटनगर, १८ कात्तिक (रासस) ः
गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा
५४ जनामा कोरोना सङ्क्रमण भएको छ ।
सो सङ्क्रमण २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र
३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको
छ । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा एक र प्रदेश
बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।
पालिका अनुसार झापाको दमकमा छ, विर्तामोडमा पाँच,
भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा दुई, गौरादह, अर्जुनधारा, बाह्रदशी र कमल
र झापा गाउँपालिकामा एक÷एक, मोरङको विराटनगरमा १२, उर्लाबारीमा दुई, बूढीगङ्गा र सुन्दरहरैचामा
एक÷एक, सुनसरीको इटहरीमा पाँच, इनरुवामा तीन, रामधुनी र धरानमा एक÷एक, इलामको चुलाचुलीमा
एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ३३ महिलासहित ६७ जना कोरोना सङ्क्रमणमुक्त
भएका छन् भने एक जना महिलाको मृत्यु भएको छ ।
–––