चितवनमा भोलि (बिहीबार) राति १२ बजेदेखि ३१ गतेसम्म निषेधाज्ञा



2021-04-28    Samachar Sadhai

चितवन – चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी (रामबहादुर शाहीका) अनुसार निषेधाज्ञा ३१ गतेसम्म लागु हुनेछ । जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि डीसिसिएमसीले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समिति को सिफारिसमा सरकारले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगे स्थानीय प्रशासनले नै निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको थियो । निषेधाज्ञामा स्वास्थ्य संस्था, फार्मेसी, विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा ,खानेपानी, फोहोर मैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ,तरकारी, फलफुल, खाद्यान्न, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, माछा, अन्डा सम्बन्धि सेवा, स्वास्थ्य मापदण्ड पूरा गरि कलकारखाना,बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, मालबाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने साधन, सरकारी काममा प्रयोग हुने सवारी, बैंक तथा एटिएमका साधन, सञ्चारकर्मीले प्रयोग गर्ने साधन, कृषि उपकरण ढुवानी गर्ने साधन, अनुमानि प्राप्त साधन चल्न पाउने छन्। एसका साथै अत्यावश्यक काम बाहेर बाहिर निस्कन नपाइने, सभा, सम्मेलन, गोष्टि, जात्रा, महोत्सव, सिनेमा हल, रेष्टुरेन्ट, दोहोरी, पार्टी प्यालेस, फुटसल, पुस्तकालय, जिमखाना, हेल्थ क्लब, ब्युटीपार्लर, सैलुन टेलरिङ्ग, सबै शैक्षिक संस्थाहरु, लामो तथा छोटो दुरीका सवारी साधन, मठ मन्दिर, गुम्बा, चर्चलगायतका सबै धार्मिक स्थलहरु, वनमा हुने जङ्गल सफारी, अत्यावश्यक बाहेकका सेवा दिने