2021-11-10 Samachar Sadhai
काठमाडौँ, २४ कात्तिक (रासस) :
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको
अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गर्नुभएको
छ ।
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा
सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गर्नुभयो । काठमाडौँ महानगरपालिका–१
का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम
यसपटक नगरिएको जानकारी दिनुभयो ।
छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो
नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ
पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक
पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको
छ ।
–––