विरेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको एक दिने प्रशिक्षण



2021-04-12    Samachar Sadhai

चितवन, चैत ३० । नेपाल विद्यार्थी संघ (नेविसंघ) विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको एक दिने प्रशिक्षण एवं वनभोज कार्यक्रम हिजो सम्पन्न भएको छ । कार्यक्रममा नेविसंघमा आवद्ध विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालले नेविसंघ उर्जाशिल युवाहरुको समुह भएको बताए । डा। कोइरालाले नेविसंघले पञ्चायत कालदेखि नै देशका लागि लड्दै आएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सबै खाले परिवर्तनमा नेविसंघले महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले ७५३ वटै इकाईमा नेविसंघ गठन हुने जानकारी दिनुभयो । नेविसंघका केन्द्रीय सभापति राजिव ढुंगानाले इकाई इकाई पुगेर नेविसंघ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेविसंघ चितवनमा पूर्वाध्यक्ष सुर्यकान्त घिमिरे, काँग्रेस नवलपुरका सभापति बिष्णु लामिछाने, नेविसंघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्त, नेविसंघका महामन्त्रीद्ध्य दिपक भट्टराई र उर्मिला थपालिया, नेविसंघ चितवनका सभापति सुर्य ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, सचिवद्धय उत्तम जोशी र राजिव न्यौपाने, सह सचिवद्धय सुर्य अर्याल र राजन कार्की, कोषाध्यक्ष शंकर कंडेल, प्रवक्ता निता ढकाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजु सिलवाल, ३ कि सभापति सरिता केसी, महासमिति सदस्य प्रकाश अधिकारी, सुशिला उप्रेती र कमल आचार्यलगायतको उपस्थिती थियो। नेविसंघ बिरेन्द्र बहुमुखी क्याम्पसका सभापति अनमोल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कुमार जोशीले स्वागत मन्तव्य र वरिष्