2021-11-08 Samachar Sadhai
काठमाडौँ, २२ कात्तिक (रासस) :
सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले
सरकार सञ्चालनमा सहयोग पु¥याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन
गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो
।
समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका
दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर
कार्की सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार हरेक
पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् । पहिलो संयोजन नेपाली कांग्रेसले
गर्नेछ । कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने उहाँले जानकारी
दिनुभयो । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने उहाँको भनाइ छ । समिति गठनको उद्देश्यबारे
प्रस्ट पार्दै उहाँले भन्नुभयो, “गठबन्धनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सरकार
सञ्चालनमा सहयोग पु¥याउने तर सरकार सञ्चालन गर्ने संयन्त्र होइन, दलहरूको समन्वय समिति
मात्र हो ।”
राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्ष,
संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न
गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उहाँले बताउनुभयो । गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा
बैठकमा मिलेर जाने सहमति भएको नेता श्रेष्ठले बताउनुभयो । न्यायालयमा देखिएको गतिरोध
र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो
।
–––
Popular News