2021-05-23 Samachar Sadhai
सुरुवात भनिन्छ नि, बिहानीकाे किरणले एक सुन्दर दिनकाे सँकेत गर्छ, माइलको यात्रा नै किन नहोस , सुरुवात पहिलो पाइला बाटै गर्छाैं हामी। अनि फेरि किन आत्तिन्छौ दुखैदुख भयो भनेर ?के हामी अन्जान छाै र?हामीलाई थाहा छ त जिन्दगीको पहिलो सुरुवात नै हाम्रो रुँदै भएको थियो।हरेक कुराहरू मिलाएर खुशीकाे सुरुवात हामी अाफै सङ्ग गर्ने क्षमता छैन र ? मुस्कुराएर मन हल्का,दिमागमा सत्यता अनि राम्रो दिनकाे सुरुवात आफैले गर्न सकिँदैन र ? दुईवटा प्रश्न गराै त आफैँलाई, पहिलो-लक्ष्य प्राप्त गर्न प्रेरणा कहाँबाट पायौं र उत्प्रेरणाको लागि कस्ले सहयोग गर्दैछ ? दोस्रो-आफ्नो लक्ष्य प्राप्तिका लागि अाफुमा भएकाे कति ऊर्जा खर्च गरेकाे छाै ? याे दुबै प्रश्नको उत्तर के हामी सङ्ग छ त? के हामी कसैकाे प्रेरणाको साथले आफ्नो लक्ष्यमा अडिग छाै त? अनि हामीमा उत्तर छ त,”यदि हामी हरेस नखाई अाफ्नाे कर्म गर्याै भने, सफलता पक्कै एकदिन हाम्रो हातमा पर्नेछ”भनेर।सफलताको आधार भनेको नै अाफुमा भएकाे उत्प्रेरणाह हाे जस्तो लाग्छ मलाई । जीवन तबसम्म सुन्दर हुँदैन, जबसम्म सुरुवात आफूबाट हुँदैन। खुसीको सुरुवात आफैंबाट होस् अनि सन्तुष्टि आफैंलाई नै मिलोस। कामकाे नै कुरा गराै हामी,चाहे काम सानाे हाेस या चाहे ठुलो नै किन नहाेस, अाफुले यदि हीनताबोधकाे महशुस गरेकाे छ भने त्यसमा हाम्रो असफलता निश्चित छ । अनि अर्को कुरा हामी नेपालीहरु अरुले हतोत्साहित गराएको भरमा नै हामी उदास हुन्छौ,हाे यही बिन्दुबाट सुरुवात हुन्छ जीवनमा असफलताको। जब कुनै कामबाट अाफ्नाे मन बुझिराखेकाे छैन,सुरुवात अाफैले गर्न सकिँदैन र ? हातमा सिप त छ तर बिश्वास छैन कि म केही गर्न सक्छु भन्ने,दिमागमा सुरुवात गर्छु भन्ने त छ तर खाेई मनलाई निधाे नदिएर हाे कि