भरतपुर ११ काे सांस्कृतिक इतिहासलाई हेर्दा | -धनञ्जय शर्मा ढकाल



2021-06-04    Samachar Sadhai

आजको भरतपुर माहानगरपालिका वडा नम्बर ११ को भौगोलिक स्थिती र वसोवासीय अवस्था पूर्व स्तिथी लाई स्मरण गर्दा तत्कालिन भरतपुर गाउँ पन्चायत वडा नम्बर १ र २ पर्दथ्योे । वसोवास रहेको जातीय अवस्था भने असाध्धै पातलो , अधिकांश कुमाल त्यस पछी दराई र वाँकि अन्य मिश्रीतजातीको वसोवास थियो । २०२० शालमा वर्मा (हाल म्यानमार) बाट फर्कीएका प्रवाशी नेपाली वसोवास गराइएको हालको सल्लेरी शान्त्ती टोल “ वमेंली क्याम्प”े नामले परिचीत थियो जहाँ ५०० घर परिवार स–साना झुपडीमा बसोबास गर्दथे । उनीहरुलाई नवलपुरमा जग्गा वितर गरी बसोबास गराएपछी २०२१ र २२ साल मा वर्मा बाट फर्किएका परिवारहरु सोही खाली झुपडिमा बसोबास गर्दै केहि खाली जग्गा खनजोत गरी नजिकको नारायणगढ बजार र त्यो बेला बन्दै गरेको दियालो बङ्गलामा मज्दुरी गर्दै आफ्नो परिवारको भरन पोशन सहित दिन चर्या गर्दै थिए । बसेनी स्थीत श्री शिद्धि विनायक मा.वि, त्यसबेला प्रा.वि स्तरको पढाई हुन्थ्यो । प्रा.वि को निशुल्कशिक्षाको कारणले भर्ना फी रु १ तिरेपछी पढ्न पाइने अवस्था थियो ।मेरो पनि पढाई गर्नेहुरहुरीले भर्ना हुन पुगे तर तेती बेला म सँग रु १ थिएन र पढाई बाट बन्चित रहने अवस्था नियाले । तत्कालिन प्र.अ स्व श्री विश्व शान्ति भन्डारीज्यु ले सो रकम आफै भुक्तान गरी मलाई पढ्ने मौका प्रदान गर्नु भयो । जुन मेरो जिवन कालको अविस्मरणीय घटना थियो । यो २०२२ सालको कुरा हो । दशैँको चहलपहल सुरु हुदै थियो । मौसम अनि चाडवाडले हामीलाई उत्साहित पारेको त थियो नै, अर्को तर्फ गरिवीले पनी त्यतिकै सताईरहेको अवस्था, च्याख्लाको भात, पिठोको दालले पेट भरिन्थ्यो भने, टेरलीनको सर्ट र कट्टुले जाडो छलेको हुन्थ्यो । यस्तै पेरो फेरिमा एक दिन सरले हामी केहि ठुला विद्यार्थीलाई भेला गरेर दशैँमा नाटक गर्नुपर्छ, मैले नाटक लेख्याछु तिमीहरु कोको ले भाग लिन्छौ, कस्लाई नाच्न आउँछ, कस्लाई गाउन आउछ भनेर सोध्नु भयो । हामीले आ–आफ्नो भुमिका रोज्यौ । त्यसपछि केहि अविभावक, अन्य कला प्रेमीहरुको सकृयतामा तयारी सुरु भयो । नाटकमा अभिनय गर्ने तर्फ कोहि त नृत्य र गीत गाउन तयार थिए । प्रशिक्षणको निमित्त नारायणी कला मन्दिरबाट गाएक, प्रसाद श्रेष्ठ,नृत्य निर्देशक लक्ष्मी नारायण श्रेष्ठ, गितकार प्रेम विनोद नन्दन, वाध्यवादक कर्मलाल श्रेष्ठ, र अभिभावकिय रुपमा डिठ्ठा कमल प्रसाद श्रेष्ठ, जित बहादुर पिया, दुर्गा कुमार, हिमकान्त शर्मा, सगैँ मादल वादक शंकर कुमालको योगदान अविस्मरणीय रहेको थियो । मैले त्यस प्रर्दशन गरियका नाटकको शिर्षक त विर्सिएनै, तर पनि नाटकले दिन खोजेको सन्देश भने अन्यायको विरुद्ध संघर्ष, जमिन्दारी शोषणबाट मुक्त हुन निर्धा निमुखा एक हुनुपर्ने, दलित वर्गमा गरियका जातिय शोषण विरुद्धमा सामाजिक चेतना जस्ता विषयलेनै ओत प्रति हुन्थे । त्यसैको प्रवाभबाट म २०२५ सालमा वसेनी स्कूलमा अध्यापन सुरु गरेपछि दलित विद्यार्थीलाई पानी लिन पठाएर पिएको थिय । जुन बेला निकै चर्चाको विषय पनि बनेको थियो । मैले उपधा्रे गरेको भनेर लान्छित पनि भए । यस प्रकार नाटकमा भाग लिने समकक्षीलाई सम्झनै पर्दछ । जसमध्ये भत्त बहादुर क्षेत्री, वम बहादुर सुवेदी, देवेन्द« श्रेष्ठ, धन बहादुर गुरुङ्ग, जबहर लाल अर्याल, प्रवा थापा, देवि न्यौपाने, पुर्णिमा ज्ञावाली, सान्ती भट्टराई, आदि केहि मैले बिर्सिए पनि । त्यस्तै अविभावकिय भूमीकामा रहने तुलशी विहारी र उदायनन्द शर्मा पनि अविस्मरणीय रहनुहुन्छ । समयको गति बढ्दै जाँदा, राजनैतिक चेतनाको स्तर पञ्चायती दमनका विरुद्ध शंख बजाउन थाले, भूमीगत रुपवाट पञ्चायतको विरोधमा लेख सुरु भए । २०२८ साल राष्र्टीय शिक्षा पद्धतीको विरोधमा थूप्रै संघर्षका थुप्रै प्रगतिशील गीतहरु गुञ्जीन थाले । सप्रसंग २०२८ साल ताका नै वर्माबाट फर्कनु भयका शुदन शर्मा संगीत क्षेत्रमा रुचि मात्र नभई कुशल मेन्डोलीन र गिटार वादकको पनि उपस्थितीले सास्कृतिक फाँटमा ११ ले अझ उन्नतरुप लियो । दूरभाग्य भन्नुपर्दछ म आफैले लेखेको नाटक “मट्याङ्गा्रे वघ” प्रदर्शनका खातिर भने थुप्रै साथीहरुको सहभागिता पनि रह्यो । करिव प्रर्दशनको तयारी थियो, एउटा बाल गीत म आफैले लेखेर शुदन बाट संगीत पनि रह्यो । पछि गएर सेन्सर गर्नुपर्ने निर्देशन कताबाट आयो मलाई थाहा भयन । राष्ट्रिय गीतमा भएका शब्दहरु कम्युनिष्ट हरुले प्रयोग गर्ने शब्दावली परेका कारणले सेन्सरले रोक लगायो । र नाटक प्रदर्शन हुन सकेन । राष्ट्रिय गीतको बोल यस्तो थियो आमा तिमीलाई सिंगारी छाड्छौँ तिम्रो दुःखलाई हटाई छाड्छौँ अनिमात्र हामी हास्छौ खेल्छौ तिम्रो काखमा लुटुपुटु । रातो टिका, रातो चोलि, रातो पछ्यौरी रातै फूलको माला बनाई पहिर्याइ दिन्छौ भोलि तिम्रो रगत चुस्ने हरुलाई हान्छौ हामी गोलि अनिमात्र हामी हास्छौ खेल्छौ तिम्रो काखमा भोलि, आमा‘‘‘‘‘।”० नाटक प्रर्दशन हुन सकेन, सबेमा नैराष्यता छाउनु स्वभाभिक नै थियो । तर सस्कृति प्यास र भोक मेटिएन, समगले गति लियो अझ गीतका बोलहरु आक्राशील हुदै गए । तामाङ्ग सेलोमा अर्को गितको जन्म भयो । जुन यस्तो थियो । लेक र वेसी गर्दामा दुई मूरी बोझ थाप्लोमा काम गर्दा मरिमरि खान छैन अब त चुप लागि बस्दैन पख अबत सक्दैन इल्मादि समयले अर्कै भाड लिसकेको थियो। जनता रैती र प्रता बाट माथि उठिसकेका थिए । खेत बारिमा काम गर्दा पनि प्रगतीशील गित गुन्जिन थालिसकेका थिए । २०३६ साल यस्को प्रत्यक्ष उदाहरण थियो । जनमत संग्रहको ढवाङ्ग पिटियो । तपाईलाई वारेन्ट छ, तपाई घर नबस्नुस् भनेर नेपाल प्रहरीका मित्र ढुन्डी राजभट्टले ले खबर दिएपछी घर पछाडी को नहर हुँदै म भित्र भक्त बहादुर छेत्री को घर पस,े नभन्दै पुलिस को जीप मेरो घर अगाडी रोकियो । खान तलासी भयो, मलाई नभटेपछी फर्कियो । म तेसै दिन भक्तकै गांडीमा बिरगंज हुँदै कुलेखानी गएर बिताए र ठीक मत खसाउने दिन फर्किए । सम्झदा यस प्रसँग ले पनि मलाई रोमान्चित गराउँछ ।पञ्चायत विरोधी सास्कृतिक कार्यत्रmम, प्रगतिशील गीत गाएका गरेका कारणले गर्दा मलाई वारेन्ट परेको अहिले महसुस हुन्छ । २०३६ साल सम्म आईपुग्दा सास्कृतिक फाँटमा थुप्रै परिवर्तन देखा परिसकेको थियो । खेत बारिमा काम गर्दा होस य रोपाइ किन नहोस तेस्तै अर्म पर्ममा प्रगती शील गीत गुन्जिन थाले । एही परिपेक्षमायस क्षेत्रका युवाहरुको नेतृत्वमा ५० रुपैँया को तमसुक नामक नाटक मञ्चन गर्ने निधो भयो जस्को सकृय नेतृत्व साहित्यकार ईन्द्र रेग्मी साथै भविलाल घिमिरेले गर्नुभएयो थियो भने नृत्य प्रर्दशन र गतिसंगित को विधामा म लगाएतका साथीहरुलाई जिम्मा थियो । जसमा गुरुदत्त तिमील्सिना ज्यू को ठुलो साथ रह्यो । यस सन्धर्भमा कार्यक्रम सम्पन्न अतिथिय साथ र सह्योग प्राप्त केहि साथीहरुको नाम मेरो स्मरणले भ्याए सम्म प्रस्तुत गर्ने जमर्काे गरेको छु । १) ईन्द्र प्रसाद रेग्मी ९) भवानी चापागाँई २) भबिलाल घिमिरे १०) युवराज पौडेल ३) तारा पौडेल ११) विद्या ढकाल वस्ताकोटि ४) गुरुदुत्त तिमिल््सीना १३) ज्ञान ढकाल ५) कृष्ण के.सी १४) तेजबहादुर गुरुङ्ग ६) तिलक अधिकारी १५) शुत्रm वहादुर गुरुङ्ग ७)भरत मल््ल ८)अर्जुन मल्ल .....अन्यहरु प्नि जुन मैले सम्झिन सकिन । केहि दिनको अभ्यास पछी निस्चित तिथिमा कार्यक्रम सम्पन्न भयो । सो नाटक को प्रदर्शनले भरपुरमनोरन्जन सँगै जोश जाँगर बोकेको अनुभुत भयो । एस कार्यक्रम को अर्र्काे आकर्षणको केन्द्र मा थिए गायक कमल धिताल जस्ले गिती नाटक सिम्मामा रायन सँगै स्वर दिय्का थिए । “आमाले सोध्लिन नी खै छोरा भन्लिन”भन्ने बोल र “भाउजुले भन्थिन” जस्तो गितका बोल र स्वरले धेरै आँखा रसाएको देख्न सकिन्थ्यो । यसपछि नाटक प्रदर्शन र सास्कृतिक कार्यक्रम सन्चालनको धेरै ठाउँबाट निम्तो आउन थाल्यो । प्रगतिशील विवाहको कार्यक्रमहरु खास गरेर गणेश स्थान लगायत अन्य सार्वजनिक स्थलमा हुन थाले । बेहुला बेहुलीले फूलमाला लाएर, लगाईदिएर मैन बत्ती साटासाट गर्दै दैनिक प्रयोग हुने भेषभूषामा दाइजो विना पण्डित विनाको विवाहहरु सम्पन्न हुदैँ गए । यहाँ मैले मेरो बहिनी राधा ढकालको विवाह सम्झन पुगे । टेकबहादुर थापा ज्यूको पहलमा विवाहको प्रस्ताव आयो । शंकर लोहनी जो शिक्षक पेसामा शंलग्न हुनुहुन्थ्यो दुवै पक्षको मञ्जुरी पस्चात अर्को जोडि समेत सँगै चार परिवारको संयुत्त खर्चमा दहि चिउरा मासुको खानपिन सहित गणेश स्थानमा कार्यक्रम टुङ्गयाउने निधो गरि सम्पन्न गरियो । करिब १५० जनाको उपस्थितीमा अर्को जोडि थियो विष्णु अधिकारीको । मोदनाथ प्रसिद द्धारा लिखित ५० रुपैँयाको तमसुक नाटक प्रेमवस्ती मा.वि मा प्रदर्शन गर्ने क्रममा त्यहाका सकृय साथीहरुको भूमीका अविस्मरणीय रह्यो । शंकर लोहनी , वेणी माधव ढुङ्गाना, पूर्ण बहादुर अधिकारी, जिद्या ढकाल, योगेन्द« ढकाल, कान्ता ढकाल लगाएतका साथीहरुलाई म सम्झन्छु भने केशर वडाको सिङ्गो टोली घर फर्कने क्रममा संघातीक हमलाको घटनाले मन कुड्याउँछ नै । त्यसै गरेर झनझने, गोब्रेनी आदि ठाउँहरुमा खुशीराम पाखिन, मनहरी अधिकारी समेतको उपस्थितीमा सास्कृतिक कार्यक्र्र्रम सम्पन्न गरिएको थियो । जसमध्य ”लालटिनको उज्यालोमा“ भन्ने गीतले निकै चर्चा पाएको थियो। करिब १५ दिन सम्मको सोमराज को घरमा गरिएको तालिम पस्चात राम नगरमा गरिएको नाटक मञ्चनले अर्को परिवर्तनको लहर बोकेको अनुभुत हुन्छ । विशेषत साहित्यकार प्रेम रिमालका अनुसार सो नाटकका त्यहाँ प्रस्तुत क्रान्तिकारी गितले राम नगरका युूवालाई व्यूताएको छ भने मलाई थप उर्जा मिलेको छ, भन्ने भनाई आएको सुन्दा सन्तुष्टी भन्दा समाजकै खातिर केहि काम गरेछौ भन्ने केहि अनुभूत रह्यो नै । चितवनका धेरै स्थानमा हाम्रो टोलिले स्थानीय कलाकारको सहयोगमा कार्यक्रम सम्पन्न गर्दै हिडियो । जस मध्य कृष्नपुर, लक्ष्मीपुर, गौरीगञ्ज, केसर वाग, भिम नगर,गुञ्जनगर आदि । ३६÷०३७ ताकाको त्यो जोस जाँगर, बस वडाका के यूवा के पाका र बाल कलाकार समेतको साथ सहयोग ले र नेतृत्वले केहि अंश भूमीका निर्वाह गर्ने साहित्यकार इन्द« प्रसाद रेग्मी ज्यूको अग्रसरताले हामीले आफ्नो गन्तव्य पुरा गर्न सक्यौ जस्तो लाग्छ । गुञ्जनगरको कार्यक्रममा हामीलाई खानपीन बस्ने व्यवस्था देखी सम्पुर्ण रेख देख पुर्याउने इन्द«जी कै ससुराली परिवारका सम्पुर्ण सदस्य र अन्य मित्र राम बहादुर गुरुङ्ग समेत मैले नाम विर्सिएका सबै सबै प्रती अविवादन टक्रयाउदै नमन । अन्त्यमा त्यहि वेला गाइएको गितको वोल सँगै..... भोका र नाङ्गा नजागे सम्म देश बन्दैन । धुवाँको मुस्लो नहटे सम्म सामन्ती मर्दैन अर्को भेरी एक हर सम्झिए सेलोमा लेक वेसी गर्दामा दुृईमूरी बोझा थाप्लोमा काम गर्छ मरीमरी खान छैन अवत चुप लागी बस्दैन पख.. अवत सहन सक्दैन पुरानो स्मरणका पानाबाट .... धन्यवाद ।