राजनीतिमा पदीय दायित्व।



2021-11-15    Samachar Sadhai

त्यस्तो त नैतिकता हरेक मानिसको प्रकृति प्रदत्त जिम्मेवारी (कतिपय कुराहरु राज्यले हरेक नागरिकलाई निश्चित बिषयमा बन्देज(नैतिकताको सवालमा , लगाएको पनि हुन्छ ) घर परिवार चलाउने देखि राज्य चलाउने सम्म जहा व्यक्ति बिशेष , समाज र रास्ट्र समेटिनछन्। एकछिन राजनैतिक दायित्व /नैतिकताको कुरा गरौ। बिस्व इतिहासमा थुप्रै घटना हरु भएका छन् जहा राजनैतिक रुपमा जिम्मेवार पदमा रहेका हरुले जानेर वा कतिपय अवस्थामा स्वत घटेका घटना छन् जुन आफ्नो पदीय दायित्वमा पर्छ त्यसलाई आफुले जिम्मेवारी पुर्बक गर्न नसकेको वा कतिपय अवस्थामा कुनै कार्यमा आफु चुकेको स्थितिमा पद बाट राजिनामा दिने गरेका छन्। केहि बर्ष पहिले भारतमा रेल दुर्घटना हुदा करिब २०० जनाको ज्यान गएको थियो जुन समयमा रेल मन्त्री ममता बनर्जी थिइन् उनले सो बिभागगीय मन्त्रि भएको बेला भएको दुखद घटनाको जिम्मेवारी लिदै (जबकि उनि आफैले रेल गुल्ट्य़ाएको त होइन ) पद बाट राजिनामा गरिन। हालसालै बेलायतका स्वास्थ मन्त्री ह्यानाकन सार्बजनिक स्थानमा एउटी महिलालाई चुम्बन गरेकाले सामाजिक दुरी लगायतका कारण पद बाट राजिनामा दिए। यी त उदाहरण मात्र भ्रस्टाचार गरेका कारण , लगायतका घटना थुप्रै छन। हामीकहा यो चलन कहिले पलाउला ?